सस्तो डिल डट कम त लगभग बन्द नै भएको अवस्थालाई जनाउँछ तर यो घटना यहाँ सबै उद्यमीहरु को लागी एक पाठको विषय हो । नेपालमा कुनै समय प्रख्यात ई–कमर्स प्लेटफर्म जसबारे धेरै प्रयोगकर्ता र उद्यमीहरूलाई यस घटना पछाडिको कारणहरूबारे जिज्ञासा राखेको छ । मैले मेरो सानो भ्यु यहाँ तपाईहरु माझ शेयर गर्न खोज्दै छु कृप्या पुरा लेख पढीसकेपछि मलाई प्रतिक्रिया दिनुहोला ।
नेपालमा ई–कमर्सको कुरा गर्ने हो भने
नेपालमा सन् २००० देखि ई–कमर्सको सुरुवात हुँदै आज यो अनलाइन सपिङ ट्रेण्ड अहिले ५ सयभन्दा बढी अनलाइन सपिङ साइटहरु अस्तित्वमा रहे पनि सक्रियता पूवर्क चलेका अनलाइन सपिङ साइटहरु बढीमा १० ओटा पनि छैनन । थरीथरीका ई–कमर्स व्यवसाय गर्ने होड यतिबेला चलेको छ । यिनमा हुने कारोबारबाट सरकारले समेत ठूलो अनुपातको राजस्व बुझिरहेको छ ।
नेपालमा ई–कमर्शलाई शुरुआती पहिचान दिनेहरु मध्येका कुरा गर्ने हो भने मुन्चा डटकम, क्यामु डटकम ९हाल दराज डटकम डट एनपी० भाटभटेनी अनलाइन, सस्तो डिल, नेपबे, स्मार्टडोको आदि नाम चलेका अनलाइन सपिङ साइटहरू हुन ।
तर किन ई–कमर्श वयवसाय नेपालमा बन्द हुने अवस्थामा छन आजको यस भिडियोमा हामी कुरा गर्ने छौं त्यसमध्ये सस्तो डिल जस्तो पाइनोयर कम्पनी आज कुन अवस्थामा छ त्यो पनि बुझने प्रयास गर्नेछौं । र यसलाई दुई वटा कम्पनी सस्तो डिल र दराज जस्ता इकमर्शको उदाहरणबाट स्पष्ट हुने प्रयास गरौं ।
कुनै समय विदेशको मोहले विलासितापूर्ण जिन्दगी अमेरिकामा नै बिताउने भन्दै अमेरिका हानिएका थिएँ अमुन थापा । विदेशी भूमिमा पसिना बगाउँदै पढ्नुमा समस्या सबैलाई हुन्छ । अमुन डाक्टरको छोरो भए पनि काम गर्दै पढ्थेँ । त्यति बेला उनले थाहा पाएँ नेपालमा जस्तो विदेशमा आरामदायी जीवन जिउन सकिँदैन रहेछ । विदेशमा त भागदौडको जिन्दगी रहेछ । यसरी जब अमुन थापा कलेजको भ्याकेसन पारेर नेपाल आए । नेपाल आएपछि किनमेल गर्न बाहिर हिँड्न नरुचाउने उनलाई एक जोर जुत्ताले मात्रै दिनभर बजार बजार डुलायो । चित्त बुझ्दो जुत्ता नपाएपछि उनी आफैँ जुत्ता खोज्दै मार्केट चहारे तर पनि पाएनन । यहाँको सानो सानो दुःख पनि आइडिया बनेर दिमागमा आउन थाल्यो । उनी जस्तै जुत्ता किन्न बजारबजार दौडिएका मानिसहरूलाई देख्दा सहज जीवनशैली बनाउने गज्जबको आइडिया आयो उनको दिमागमा । अनि सुरुको पाइला राखे उनले ई–कमर्सको दुनियाँमा र जन्मियो सस्तो डिल डट कम ।
सन् २०११ मा अमुन थापाले नेपालको सुरुवाती चरणको ई–कमर्स साइट सस्तो डिल सुरु गर्दा नेपालको इन्टरनेट पेनिट्रेसन दर जम्मा ९ प्रतिशत थियो । त्यसको अर्थ ९० प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा थिएनन, ई–कमर्स त परको कुरा भयो ।
डेलिभरी कामका लागि अमुनले सुरुमा एकजना भाइलाई काममा लगाउँदा उनले कन्ट्रयाक्ट पेपरमा ‘लजिस्टिक ड्राभइर’ भन्ने शब्द नराख्न र डेलिभरीका क्रममा उनकी प्रेमिकालाई पनि सँगै बाइकमा लिएर हिँड्न पाउने सर्त अघि सारेका थिए । त्यो बेला डेलिभरीको काम अहिलेजस्तो प्रख्यात पनि थिएन र यो काम गर्न मानिस तयार नै थिएनन । तसर्थ, अमुनले उनको सर्त स्विकार्नु परेको थियो ।
भेन्डरहरूलाई सामान अनलाइनमा बेच्न सकिने उपाय सुनाउँदा भेनडरहरु ‘अनलाइन भनेको के हो ?’ भनेर सोध्ने गर्दथे । नेपालमा ई–कमर्सको सुरुवाती दिन यस्तो थियो । यसको संस्कृति विकास गर्दाताकाको क्षण थियो । आजको दिनमा काठमाडौंमा अमुन र अमुन जस्ताले ई–कमर्सबारे बुझाइराख्न हिँड्नुपर्दैन । यहाँ सबैले इन्टरनेट चलाउँछन । काठमाडौंका शत प्रतिशत मानिसहरुले स्मार्टफोन बोक्छन । यो छोटो अविधिमा अमुनले निकै लामो यात्रा तय गरेर यहाँ सम्म आइपुगेका हुन ।
सुरुमा अमुनले सस्तो डिल स्थापना गर्दा ई–कमर्स क्षेत्र र कम्पनी दुवैको एकसाथ विकास गर्नु परेको थियो । देश विकासका लागि इन्टरनेट महत्त्वपूर्ण माध्यम हो भनेर अमुनले सरकार र निजी क्षेत्रलाई बुझाउनु परेको थियो । ई–कमर्स भन्दा पहिला इन्टरनेटकै इकोसिस्टम निर्माणमा धेरै संघर्ष गर्नुपरेको थियो । लजिस्टिक ९डेलिभरी०, नेटवर्क विस्तार आदिका लागि अझै पनि संघर्ष नै गरिराख्नुपरेको अवस्था छ भन्दा फरक न पर्ला ।
सन् २०११ मा एउटा कोठाबाट सुरुवात भएको सस्तो डिलले एक दशक लामो समय पार गरेसँगै नेपालमा अनलाइन सपिङको नयाँ आयाम पनि थप्यो । सम्भवतः नेपालमै सबैभन्दा धेरै लगानी भएको ई–कमर्स हो सस्तो डिल । १ लाख ५० हजारबाट सुरु भएको सस्तो डिलमा अहिले करोडौं रुपैयाँको लगानी भइसकेको छ ।
डेढ लाखबाट करोडौँमा पु¥याउन सफल सस्तो डिलले अहम भूमिका खेलेको बताइनछ । सस्तो डिल पायोनियर ई–कमर्स व्यवसायी बन्न सफल पनि भयो ।
कोभिड–१९ को कोरोनाकाल सस्तो डिललाई भने जादुमय नै बन्यो । ई–कमर्सको प्रयोग न्यून रहेको मुलुकमा प्रत्येक व्यक्तिले ई–कमर्स खोज्न थाले । अनलाइनबाट किनमेल गर्न थाले । कोभिडले अन्य उद्योग थलिइरहँदा ई–कमर्सले भने छलाङ नै मा¥यो । हुन पनि कोरोनाको समयमा नै सस्तो डिलले फ्ल्पिकार्टजस्तो ठूलो ई–कमर्ससँग सहकार्य गर्ने मौका पायो । सस्तो डिलले नै विदेशी चर्चित ई–कमर्स फ्ल्पिकार्ट नेपाल भित्र्याए पछि यसले नेपालको ई–कमर्स दुनियाँमा नयाँ जीवनशैलीको सुरुवात गरायो ।
कुनै बेला केटाकेटीको जमात भनेर होच्याउनेहरू पछि उनैको प्रशंसा गर्दा प्रफुल्लित हुन थाले । प्रशंसामा पुलकित बनेका अमुन सस्तो डिललाई काठमाडौँमै मात्र सीमित गर्ने सोचाइमा भने थिएनन । शिक्षा, स्वास्थ्य, रोजगार, प्रविधि विकास सबै काठमाडौँ केन्द्रित भएकोमा पटक्कै खुसी छैनन् उनी । त्यसैले पनि अबको केही वर्षभित्रै सस्तो डिललाई नेपालका कुनाकुनासम्मै पु¥याउने योजनामा थिए । दिन दुई गुणा रात चौगुणाको रूपमा फस्टाएका ई–कमर्सहरूमध्ये यस कम्पनीले वार्षिक १ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको थियो ।
गरे के हुँदैन र ? भन्ने सोचाइका थापा आफूजस्तै १० वर्ष अगाडि विदेशिने रहर पलाएका युवाहरूलाई नेपालमै बिजनेसम्यान बनाउने वातावरण तय गर्न लागिपरिरहेका थिए ।
तर यस्तो के भयो जसले गर्दा सस्तो डिल अस्तायो र अमुनले सस्तोडिल लाई भन्दा अन्य प्रोजेक्टहरुलाई प्राथमिकता दिन थाले ?
हामीले अध्यन गर्दै जाँदा केही कारणहरु यस्ता भेटाएका छौं ।
१। नेपाली बजारमा सैकडौं ई–कमर्सहरु रहेका अवैधानिक तथा अवैधानिक वेबसाइटले भविष्यमा निम्त्याउन सक्ने जोखिमप्रति भने अमुन चिन्तित देखिए । किनकी त्यस्ता अवैधानिक वेबसाइटले गर्दा नै अझै यसको विश्वसनीयतामा ढुक्क हुने अवस्था छैन । कतिपय फ्रड पनि छन जसले नेपालमा भर्खरै सुरु भएको अनलाइन सपिङको चलनलाई धर्ममराउन सक्छ ।
२। ई–कमर्सलाई व्यवस्थित गर्दै लैजान थप नीति नियम बनाएर सरकारले ई–कमर्सलाई नैतिक घेरामा बाँध्न असमर्थ रहेकोले पनि चिन्तित देखिए ।
३। अमुनले आफैले भनेका पनि छन के अब उनी सस्तो डिलबाट रेस्ट लिएर अन्य प्रोजेक्टहरुमा समय दिनेछन किनभने सस्तो डिलबाट इनोभेसन जस्ता कुराहरु केहि गर्न बाँकि नै रहेन र केही नयाँ गर्नका लागि नरहेपछि काम गर्न जोश र जाँगर रहँदैन जस्ता कुरा तर के यति मात्रै कुरा सत्य होला त ?
सस्तो डिल नेपालको कूल व्यापारको हिसाबले दोस्रो ठूलो ई–कमर्स कम्पनी हो वा भनौ थियो । मार्केटप्लेस अपरेटरको रूपमा सस्तो डिलले ले सयौं साना व्यवसायहरूलाई उनीहरूको प्लेटफर्म मार्फत विकास गर्न मद्दत गरेको थियो । र धेरै लोकप्रिय नेपाली ब्रान्डहरूसँग जोडिएको थियो । सस्तो डिलको भिजन नेपालमा व्यवसायहरूलाई उनीहरूको उत्पादन र सेवाहरूको लागि गतिशील अनलाइन बजार उपलब्ध गराएर र देशभरका उपभोक्ताहरूलाई मैत्रीपूर्ण र सुविधाजनक किनमेल अनुभव प्रदान गरेर सशक्त बनाउनु थियो । यसका लागि डोल्मा इनभेष्टमेनट कम्पनीले सस्तोडिललाई कोर्पोरेट गभर्नेन्स, व्यापार रणनीतिमा सहयोग गरेको अवस्था थियो र यसलाई अन्तर्राष्ट्रिय डोमेन विशेषज्ञहरूसँग जोडेको पनि थियो ।
तर यति सब हुँदा पनि हाम्रो देशमा इकमर्श न फास्टाउनुको प्रमुख कारण
हाम्रो देशको कानुनले स्वदेशी उद्यमीलाई विदेशमा व्यसाय विस्तार गर्न अनुमती दिएको छैन । यस्तो नीतिका कारण नेपालीले विदेशमा उद्यम गर्न कठिन छ । तर, कुनै पनि विदेशीले यहाँ आएर उद्यम गर्न सक्छ र हाम्रा व्यवसायीहरु उनीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन । यो हाम्रा व्यापारीहरुका लागि ठूलो चुनौती हो ।
अर्को चुनौती भने अध्ययन गर्दा हामीले एउटा पनि यस्तो उत्पादन भेट्टाइरहेका छैनौं जुन विदेशी ई–कमर्शहरुलाई ठूलो परिणाममा चाहन्छन ।उदाहरणका लागि फिल्पिकार्ट स्वयंको ४०० मिलियन प्रयोगकर्ता छन, हामीले कुनै सामान बेच्न राख्दा कम्तिमा १ करोड उपभोक्तालाई लक्ष्य गर्नुपर्छ । हामीसँग त्यो परिणाम र गुणस्तरमा उत्पादन हुने उत्पादन नै छैनन ।
अर्को भनेको नेपालमा सूचना प्रविधि ऐन, उपभोक्ता संरक्षण ऐन जस्ता अनेक नीति नियम बनाइएको छ । तर, तिनिहरूबीच कुनै तालमेल छैन । हालैका वर्षमा ई–कमर्ससम्बन्धी पनि नीति बनाइएको छ । तर, हरेक पल्ट नयाँ सरकार सत्तामा आउनासाथ सबैकुरा पुनः सुरुदेखि सुरु गरिन्छ । सिधा भन्ने हो भने नेपालमा ई–कमर्स उद्योग नै छैन । टुटल, पठाओ जस्ता नयाँ–नयाँ आइडियाहरूसाथ बजारमा आउने कम्पनीलाई के गर्ने भन्ने नै थाहा हुँदैन । अब यस्तोमा धेरै कुरा डेटासँग जोडिन आउँछ । सस्तो डिल, दराज जस्ता ई–कमर्स कम्पनीहरुसँग ग्राहक र उपभोक्ताका अनेक डेटा छन । यसबारे खुलाउँदा बैंकहरू समेत तर्सिन्छन । सरकारी, निजी क्षेत्र वा सर्वसाधारणले समेत आजसम्म कोही पनि आएर तिमीसँग मेराबारे कस्तो डेटा छ भनेर सोधने गरेका छैनन ।
त्यसो भए कुरा आउँछ किन फेल हुन्छन ई–कमर्स प्रोजेक्ट ?
ई–कमर्सलाई अहिले फेसनको रुपमा लिने र बुझ्ने धेरै छन । तर ई–कमर्स प्रोजेक्टहरु राम्रोसँग चल्न नसकेकाले बन्द हुने क्रम पनि बढ्दो छ । ई–कमर्सलाई सस्तो बुझाइ हुनाले यो समस्या आएको हो । डोमेन लियो अनि साइटमा प्रडक्टको फोटो राखेर मात्रै ई–कमर्स चल्ने होइन । प्रोसेस वाइज जानुपर्ने हुन्छ । बिजनेस टिकाउने प्लान हुनुपर्छ । कम्पनी दर्ता भई कानुनी रुपमा कारोबार गरेको हुनुपर्छ । अहिले लङटर्म बिजनेस टिकाउने र राम्रो सर्भिस दिने कम्पनी निकै थोरै छन । अर्कोतिर ग्राहकहरु अब बाठो भइसकेका छन । ई–कमर्स कम्पनीको प्रोफाइल हेरेर मात्रै उनीहरुले कारोबार गर्दछन । यसकारण राम्रो डोमेन र सस्तो प्रचारले मात्रै ई–कमर्स नचल्ने विज्ञहरुको धारणा छ । व्यवसाय प्रति गरेको लगानी मात्रै ठूलो कुरो नभई बिजनेस एक्ज्युकेशन कसरी भइरहेको छ भनेर स्पस्ट हुन जरुरी छ । अहिले बिजनेस प्लानमा लगानी गर्ने बेला आएको छ । लगानी गर्न चाहने धेरै छन । तर बजारमा एक÷दुईओटा कम्पनी मात्रै सफल भइरहेका छन । आन्टरप्रेनरहरु भविष्यको केही नसोचीकनै व्यवसाय सुरु गर्ने र काममा स्थिरता आउँदा हडबडाउने प्रवृत्तिले नेपालमा धेरै ई–कमर्स व्यवसाय असफल हुने गरेको विज्ञहरुको धारणा रहेको छ । लगानी पर्याप्त गरेर पनि असफल भएका केही व्यवसायहरुको कुरा गर्दा हरिलो डटकम र एसकान्तिपुर डटकमलाई लिइन्छ । ठूला घरानाबाट सञ्चालित अनलाइन व्यवसाय पनि सफल बन्न सकेको देखिँदैन ।
असफलताको यो दोधारमा के होला वैधानिक बाटो ?
अनलाइन व्यवसाय सुरु गर्ने कतिपयले कम्पनी नै दर्ता गर्दैनन । कम्पनी दर्ता नगरेपछि व्यवसायको कर तिर्ने कुरा पनि आएन । सजिलै डोमेन दर्ता गर्न र अनलाइन बनाउन सकिने हुँदा उनीहरू यो काइदाको पछि दौडीरहेका छन । तर, यो प्रवृत्तिले अन्तत क्षणीक रूपमा बजार धराशयी बनाउँछ भने भविष्यमा आफ्नो व्यापार पनि सिध्याउँछ । सरकारी निकायलाई छलेर गरिने यस्तो व्यवसाय र व्यवसायी जुनसुकै बेला समस्यामा पर्न सक्छन । केही चलेका नेपाली ई–कमर्स साइटहरू यस्तै कारणले बन्द भएका छन । न्यून बिजकीकरण भएर आएका सामान बिक्री गर्ने र भन्सार नतिरी सामान ल्याउने जस्ता कार्य गर्दा पनि यस्ता व्यवसायी फसेको देखिन्छ । यस्ता झन्झटमा नपर्नका लागि सबै सरकारी निकायमा दर्ता गरेर वैधानिक बाटोबाट व्यवसाय सुरु गर्नुपर्छ । र साथै बिजनेश एजुकेशन पनि त्यती नै जरुरी छ ।
अब तपाई हाम्रो एउटै प्रश्न के पनि हुन सक्छ भने लगातार इकमर्श बजारमा सस्या आइरहेको बेला जब ठुलो ठुला ई–कमर्श कम्पनी हराउँदै गईरहेका छन त्यसतोमा दराज कसरी मार्केटमा एक्लै राज गर्दै छ त ?
वि।सं २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा क्यामु दराज कम्पनी प्रा।लि। नाममा दर्ता भएको कम्पनीले विश्व प्रसिद्ध चिनियाँ अनलाइन कम्पनी अलिबाबासँगको सहकार्य र विदेशी लगानीसमेत भित्र्याएको उक्त कम्पनी सँग ठुलो लगानी रहेको छ । हाल दराजले दक्षिण एशियाका पाँच वटा मुलुकमा आफ्नो ई–कमर्श व्यवसाय सञ्चालन गर्दै आएको छ– नेपाल, पाकिस्तान, बाङ्लादेश, श्रीलंका र म्यानमारमा ।
पहिलेको क्यामुले बजारबाट मूल्यसूची लिई आफै अनलाइनमा राख्ने र निश्चित नाफा लिएर आफैले बेच्ने गरेको थियो । तर क्यामुलाई अलिबाबाले किनेर दराज बनाइसकेपछि अहिले दराज आफैले सामान बिक्री गर्ने काम गर्दैन । दराजले विभिन्न तेस्रो बिक्रेता प्रयोग गरी सामान बिक्रीका लागि प्लेटफर्म दिने र त्यसबापत निश्चित प्रतिशत कमिसन लिने गर्छ ।
दराजले एक्लै मार्केटमा लिड गरिरहने प्रमुख कारण हो प्रसस्तै लगानी । जब तपाईसँग कम्पनीमा हरेक कुराको लागि ठुलो लगानी रहेको हुन्छ तब तपाई बजारमा आफनो छाप छोडन सफल हुनुहुन्छ । यस्तोमा रहेको लगानीलाई ५ वटा भागमा लगानी गरेर बजार मा प्रतिस्पर्धीहरुलाई अप्ठायारो परिस्थिीमा पु¥याउन के ठुलो कुरा भयो र ?
१। मार्केटिङ – जब तपाई सँग मार्केटिङको लागि ठुलो धेरै ठुलो फण्ड रहेको छ भने त्यतिबेला तपाई मार्केटिङलाई नेक्स्ट लेभलसम्म पु¥याईदिन सक्नुहुन्छ जहाँ अन्य कुनै पनि कम्पनी पुग्न सक्दैनन । अझ भनौं तपाई सँग मार्केटिङ त छ तर अर्को टेक्नोलोजीमा पनि खर्च गर्नका लागि निक्कै ठुलो लगानी छ भने अब यस्तोमा तपाईको अगाडि को टिक्न सक्छ र ?
२। टेक्नोलोजी – टेक्नोलोजी यस्तो के प्रतिस्पर्धीहरुले हेर्न साथ कल्पना गर्दा १० पटक सोच्न बाध्य हुने अवस्था बनाउन सिकिन्छ त्यही कुरा दराजको प्लेटफर्म हेर्दा पनि लाग्छ नै ।
३। म्यानपावार वर्कफोर्स – अर्को कम्पनीको अपरेशनमा पनि खर्च गर्न धेरै ठुलो लगानी रहेको छ भने तपाई यसबाट हरेक दिन नयाँ उपायहरु खोज्न सक्नुहुन्छ । जस्तै तपाईको कम्पनीको लागि डिजिटल मार्केटिङ गर्न तपाईलाई कस्ता कस्ता मेनपावर रिसोर्ज आवश्यक पर्नेछ तपाई सबै ठाउँहरुमा कडा प्रहार गर्न सक्नुहुन्छ । यसलाई एउटा उदाहरण बाट बुझने प्रयास गरौं तपाईसँग एउटा ठुला रिसर्च गर्ने टिम छ जसले के रिसर्च गर्छ भने बजारमा तपाईको प्रतिस्पर्धीहरुमा बेस्ट डिजिटल मार्केटिङ गर्ने खेलाडिहरु को को छन तपाई जब खोजी गर्नुहुन्छ ति सबैलाई राम्रो तलब अफर गरेर प्रतिस्पर्धीहरुलाई यता बाट कमजोर पार्ने कामको शुरुआत गर्नुहुन्छ ।
४। मिडिया – अर्कोतिर तपाईको टिमले सारा मिडिया जगतलाई कन्ट्रोल गर्नु हुन्छ कसरी भने विज्ञापन फालेर । तपाईबाट विज्ञापन लिनेहरुले तपाईको बारेमा दिनमा एउटा समाचार मार्केटिङको उद्धेश्यले राख्ना तपाईको कम्पनीका कति वटा ब्याकलिङ तैयार हुन्छन होला । अब अर्कोतिर तपाईसँग लिगल हेर्ने ठुलो एक्सपर्ट टिम छ भने तपाई बजारलाई मज्जाले नियन्त्रण गर्नसक्नुहुन्छ । अब तपाईले तपाईको प्रतिस्पर्धीहरुलाई एक एक गरेर कमजोर पार्दै जान सक्नुहुन्छ । प्रतिस्पर्धी अर्थात कम्पीटिटर्सलाई लाई साँस समेत फेर्न गाह््रो हुने निश्चित नै छ । अब यस्तोमा सस्तो डिलको मार्केट मात्रै होइन अन्यलाई पनि गाह्रो हुने कुरा असत्य न होला ।
दराज सँग कम्पीट गरिराख्न बजारमा टिक्न सक्ने र त्यतिबेला सम्म खर्च धान्न मात्रै होइन लगानी बढाएरै जानुपर्ने अवस्थामा धेरैवटा ई–कमर्श बन्द भएका छन ।
अब त तपाईहरुले बुझनु भयो होला किन र कसरी दराज मार्केट लिडरको रुपमा बजारमा उभ्भिएको छ यस्तोमा नयाँ कमपनीहरुलाई एउटै सल्लाह तपाईहरु बजारमा ई–कमर्श व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने दराज जस्ता कम्पनी बनाएर पैसा कमाउँछु भनेर बजारमा आउने होइन किनकी यस्तोमा दराज सँग प्रतिस्पर्धा गर्न अहिले कुनै पनि नेपाली कम्पनीका लागि सम्भव नै छैन त्यसकारण दराज जस्तो भन्दा पनि दराज भन्दा अलिकति फरक मोडेलमा काम गर्ने बिजनेश प्लान लिएर नै बजारमा उत्रिनु हितमा रहनेछ । किनकी ई–कमर्श वयवसायमा तुरुन्त व्यवसाय शुरु गर्ने अनि तुरुन्तै फाइदा हुने कुरा मुर्खता हो यो अन्य व्यवसाय भन्दा फरक नै प्रोसेसमा काम हुने गर्दछ । जसलाई अध्यन गरेर नै तपाई बजारमा आउनुहोला किनभने दराज जस्ता कम्पनीहरु पनि अहिले सम्म रिर्टन अफ इनभेष्टमेनटमा आइपुगेका छैनन ।
0 Comments