नेपालको मारवाडी व्यापारिक घराना चाचन ग्रुपको बारेमा

जंगबहादुर राणाले व्यापार प्रयोजनका लागि वि.सं. १९०५ देखि १९१० तिर बिहारको बेतिया र राजस्थानबाट सीमित परिवार मारवाडीलाई नेपाल भित्र्याएका थिए । त्यसरी भित्रिएका मारवाडीहरूले मिहिनेत र लगनको बलमा सम्भव बनाएको प्रगतिको कथा यति लोभलाग्दो छ कि आज नेपालको व्यापार-व्यवसायको ठूलो हिस्सा यही समुदायको हातमा छ । नेपालमा कपडा व्यापारबाट शुरू भएको मारवाडीहरूको व्यावसायिक पहल अहिले खाद्यान्नदेखि गाडी, अस्पतालदेखि ब्याङ्क-बीमा र निर्माण सामग्रीदेखि विद्युतीय उत्पादनसम्म फैलिएको छ । करीब १ लाखको संख्यामा रहेका मारवाडी समुदाय राजधानी र तराईका शहरदेखि दुर्गम पहाडी बजारमा समेत जमेका छन । सफल व्यापारी, व्यवसायी र उद्योगीको रूपमा । 

आजको यस भिडियोमा हामी त्यही मारवाडी व्यवसायिक घराना मध्ये एक चाचन ग्रुपको बारेमा तपाईहरुलाई जानकारी दिन गईरहेका छौं आउनुहोस भिडियो शुरु गरौं । 

नारायणी सिमेन्ट, जय बागेश्वरी सिमेन्ट, नारायणी आयल रिफाइनरी उद्योग, नारायणी छाला उत्पादन उद्योग, नारायणी आधुनिक दाल उद्योग, श्री आधुनिक दल उद्योग, श्री कृषि प्रशोधन इकाई, आदर्श तेल उद्योग, आदर्श तेल उद्योग, आदर्श पोलिप्लास्टिक प्रा.लि., चाचन कम्प्लेक्स, देवकी इन्टरनेशनल, मनोज इन्टरनेशनल ट्रेडर्स आदि यस्ता नामहरु तपाईहरुले सुन्दै आउनु भएको छ होला । हो हजु हामी आज नेपालीका प्रमुख व्यापारिक घरानाहरु मध्ये एक चाचन ग्रुपको बारेमा कुरा गर्दै छौं ।




चाचन ग्रुपले सुरुका दिनहरूमा छाला तथा छालासँग सम्बिन्धित उत्पादनहरू 

सिमेन्टमा त्रिशक्ति र बज्रशक्ति सिमेन्ट ब्राण्डहरु छन, तरकारी, घिउ, खाद्यान्न, दाल, तेलको बीउ, मसला, मल, दाल, खाद्य तेलमा निलकमल, स्माइल, त्रिशक्ति, निलमनी भन्ने तेल ब्राण्ड र पशुहरुका लागि दाना खाना 

जस्ता वस्तुहरूको व्यापार गर्दै आएको थियो । व्यापार फस्टाउँदै जाँदा, चाचन समूहले आफूलाई एक व्यापार समूहमा परिणत ग‍र्‍यो जसलाई आज भोली तपाई हामी ग्रुप अफ कम्पनीज भनेर बुझने गर्दछौं, पछि यो समुहले धेरै उत्पादनहरुका लागि एकाइहरू खडा गर्‍यो र त्यही वस्तुहरू उत्पादन गनै थाले जुन उनीहरुले बजारमा अत्याधिक माग हुने गर्दथ्यो । 

आज चाचन समूहले आफ्ना चारवटा व्यापारिक फर्म मार्फत मसला, मल, चिनी, सिमेन्ट र कोइला तथा कृषि उपकरण आयात गर्छ । 

समूहले सन् २०११ मा कोइलाको व्यापार सुरु गरेको थियो । यो समूह त्रिशक्ति र जय बागेश्वरी जस्ता विभिन्न लोकप्रिय ब्रान्डका सिमेन्ट उत्पादन गर्ने कम्पनीको रुपमा चिनिन्छ । समूहले नारायणी सिमेन्ट उद्योग र जय बागेश्वरी सिमेन्ट मार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ । यो समूह आफ्नो सिमेन्ट उद्योगमा केन्द्रित छ र धेरै क्लिंकर प्लान्टहरू स्थापना गर्दै अझ बलियो पकड बनाउने योजनामा छ । यस अघि उदयपुर, पाल्पा र अर्घाखाँची जिल्लाका केही भागमा चुनढुंगा खानी खरिद गरिसकेको छ ।

चाचन समूहले पारिवारिक स्वामित्वको व्यापार व्यवसायबाट निर्माणमा आफ्नो स्थान बनाईसकेपछि उत्पादन र व्यापारिक घरानाको रूपमा विकसित भयो । यस कदमले समूहलाई फड्को मार्ने मात्र होइन, एक अग्रणी औद्योगिक र व्यापारिक घरानाको रूपमा पनि स्थापित गर्‍यो । त्यसैअनुरुप आज समूहले वस्तुहरूको व्यापार मात्र होइन अपितु उत्पादन पनि गर्दछ । 

समूह आज नेपालको व्यापारिक घरानाको रुपमा स्थापित भई बजारमा आक्रामक रुपमा विस्तार गर्न यति सजिलै सफल भएको होइन । यसमा पहिलो पुस्ताका व्यापारी महावीर प्रसाद चाचन र श्री मलिराम चाचनको दूरदृष्टि र उद्यमशीलता स्वरुप यो समुहले बजारमा आफुलाई आजको यस स्थान सम्म पुर्‍याएको हो । नयाँ पुस्ताका व्यवसायी बाबुलाल चाचन र उपाध्यक्षमा परमेश्‍वरलाल चाचन क्रमशः समूहमा पुगेपछि समूहले फेरि पछाडि फर्केर हेर्न नपर्ने स्थितिमा पुग्यो ।


कसरी यति ठुलो हुदै गयो यो समुह?

चाचन ग्रुपका निर्देशक सतीश चाचनले संस्थापकहरुले स्थापित गरेको परम्परालाई निरन्तरता दिँदै कम्पनीको विकासका लागि निरन्तर लागिरहेको बताए । समूहको शुरुवाती दिनको तुलनामा कम्पनीले दशकौं पुरानो सिमेन्ट बिक्री व्यवसायलाई निरन्तरता दिनुका साथै सिमेन्ट उत्पादनमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ । विगत १ दशकमा समूहले वीरगन्जमा दैनिक ३५० मेट्रिक टन (एमटी) सिमेन्ट उत्पादन क्षमताका तीनवटा सिमेन्ट ग्राइन्डिङ प्लान्ट स्थापना गरेको छ । त्यसैगरी, समूहले त्रिशक्ति सिमेनट फयाक्ट्री  प्लान्ट वीरगन्जपछि एउटै युनिटको क्षमताको चौथो सिमेन्ट ग्राइन्डिङ प्लान्ट नेपालगन्जमा जय बागेश्वरी सिमेनट फयाक्ट्री नामबाट प्लान सुरु गरेको छ ।

समूहले केही वर्षअघि वीरगन्जमा पोलीप्लास्टिक झोला उद्योग स्थापना गरेको थियो । यस कारखानाले समूहका सिमेन्ट प्लान्टहरूलाई आफ्नै सिमेन्ट प्याकिङ झोलाहरू प्रयोग गर्न सक्षम बनाएको छ । यो पोलिप्लास्टिक झोला उद्योगले देशका प्रमुख क्षेत्रहरूमा ठूलो व्यापारिक विश्वास पनि कमाएको छ । यसले कम्पनीको सन्तोषजनक वर्तमान र विगतको अवस्था र राष्ट्रलाई ठूलो मात्रामा राजस्व योगदान गर्ने यसको बढ्दो क्षमतालाई स्पष्ट रूपमा संकेत गर्दछ ।

 

थप बलियो हुँदै गएको यो ग्रुप

समूहले सामान उत्पादनमा उल्लेखनीय प्रगति देखाएको छ जसमा यस समुहले बजारमा लिडर बन्ने तर्फको संकेत मान्न सकिन्छ । हाल आफ्नो खाद्य प्रशोधन एकाइमार्फत सिमेन्ट, तरकारी तेल, छालाका सामान, पोलीप्लास्टिकका सामान लगायत विभिन्न खाद्यान्न उत्पादन गर्दै आएको छ । त्यसैगरी, समूहले देशका १९ भन्दा बढी विभिन्न शहरहरूमा प्रत्यक्ष उपस्थिति रहेका आफ्ना तीनवटा कम्पनीहरू मार्फत व्यापार गर्दै आएको छ । 

चाचन ग्रुप आज वीरगन्जमा रहेको नेपालकै अग्रणी व्यापारिक घराना मध्ये एक मानिन्छ जसले देशैभरी व्यापक पहुँच भएका विभिन्न वस्तु उत्पादन गर्दछ । कम्पनीले व्यापार गर्ने उत्पादनको दायरा र यसको फराकिलो नेटवर्कले उनीहरूको बजार र समूहको बलियो आर्थिक शक्तिको सङ्केत गरेको मान्न सकिन्छ ।

समूहको वार्षिक कारोबार ४ अर्ब नाघेको उनको भनाइ छ । कुल कारोबारको झण्डै ७० प्रतिशत सिमेन्ट समूहबाट हुने गरेको उनको भनाइ छ । समूहको शक्ति को अनुभुति यस कुराले पनि गर्न सकिन्छ के व्यवसायले १५०० भन्दा बढी जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिईरहेको र कच्चा पदार्थ र तयार उत्पादनको ढुवानी र ह्यान्डलिङमा ठूलो संख्यामा अप्रत्यक्ष रोजगारी दिएको छ । सिमेन्ट विंगमा मात्रै ३ सय कर्मचारी कार्यरत रहेको उनको भनाइ छ । निर्माण कम्पनी, व्यावसायिक प्रतिष्ठान, यातायात व्यवसायी, व्यापारी, किसान र उपभोक्ता जस्ता समूहका लाभार्थीहरू देशको तराई र पहाडी क्षेत्रका प्रमुख भागहरूमा फैलिएका छन ।

 

समुहले मोडेलमा परिवर्तन गर्दै

समूहले दशकौंदेखि विभिन्न वस्तुको व्यापार गर्दै आएको र यो व्यापार क्रमशः बढ्दै गई फस्टाउँदै गयो, जुन अन्ततः चाचन ग्रुपको स्थापना र पहिचानमा परिणत भयो । यसलाई कम्पनीको पहिलो र आधारभूत मोडको रूपमा लिन सकिन्छ । बिस्तारै व्यापार व्यवसाय विस्तार भयो यसैबीच विभिन्न नयाँ उत्पादन एकाइहरू स्थापना भए भने कति त जोडिन पुगे । विशेषगरी निर्माण सामग्री र सिमेन्टको बढ्दो मागलाई बुझेर करिब डेढ दशकअघि समूहले सिमेन्ट उत्पादन इकाई स्थापना गर्ने निणर्य गरेको थियो । सरकारी स्वामित्वमा रहेका हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट लगायत निजी सिमेन्ट उत्पादक कम्पनीले सिमेन्टको ठूलो प्रतिशत माग पूरा गर्न नसकेपछि यो माग पहिचान चाचन ग्रुपद्धारा गरियो  । यसले समूहलाई वीरगन्जमा नारायणी सिमेन्ट उद्योग प्रा.लि. स्थापना गर्न प्रेरित ग‍र्‍यो । यो कम्पनीको आज दैनिक १०५० टन उत्पादन क्षमता रहेको छ ।

 

आगामि लक्षित रोडम्याप के कस्तो रहेको छ ? 

समुहले उचित मुल्यमा उत्कृष्ट गुणस्तरका उत्पादन र सेवा दिने आफ्नो प्रतिबद्धता पूरा गरेको चाचनले विश्वास व्यक्त गरेको र समूहलाई आफ्नो उत्पादन तथा व्यापार व्यवसाय विस्तारका लागि नयाँ बाटो खोल्ने ग्रुपको दाबी छ । चाचनको विगतको अनुभवले समुहलाई थप अवसरहरू र विस्तारका लागि अवसरहरू दिएको देखिन्छ । चाचन आफ्नै क्लिंकर उत्पादन एकाइहरू स्थापना गर्न चाहन्छ ताकि यो समुह सफल नेपालको एक अग्रणी सिमेन्ट र क्लिंकर उत्पादकको रूपमा उभिन सकोस ।

चचन समुहको पाइपलाइनमा क्लिंकर उत्पादन गर्ने प्लान्ट रहेको छ । यस नयाँ प्लान्टको दैनिक ७०० देखि ७५० टन उत्पादन क्षमता रहेको छ । त्यसैगरी, नेपालगन्ज स्थित सिमेन्ट प्लान्ट सञ्चालनमा आएपछि समूहले त्यहाँ हालको जस्तै उत्पादन क्षमता र डिजाइनको अर्को सिमेन्ट ग्राइन्डिङ प्लान्ट थप्ने योजना बनाएको छ । त्यसैगरी, हेटौंडाबाट केही किलोमिटर टाढा रहेको मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा उक्त समूहले चुनढुङ्गा उत्खनन गर्ने योजना चाचनले गरेको छ । यसबाहेक क्लिंकर उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थप अन्य जग्गा किन्ने सोचमा यो समुह रहेको छ । क्लिंकर प्लान्ट स्थापनाका लागि भारतका केही ख्याति प्राप्त कम्पनीहरूसँग सम्पर्कमा रहे पनि अबको तीन-पाँच वर्षपछि मात्रै यो काम पूरा हुने हाम्रो विश्वास छ । त्यस्तै, चाचनले बजारको माग र आर्थिक अवस्थाका आधारमा अन्य प्लान्ट विस्तार गर्न तयार रहेको देखिन्छ ।


समुहको बजार स्थिति कस्तो छ त ?

चाचन ग्रुपका उत्पादनहरू वीरगन्ज, हेटौंडा, कलैया, नारायणघाट, काठमाडौं, भक्तपुर, बनेपा, बटार, पोखरा, भैरहवा, कृष्णनगर, दाङ, नेपालगन्ज, धनगढी, निजगढ, गौर, लहान लगायतका प्रमुख सहर र नगरहरूमा व्यापक बजार कभरेज छन । समूहका अनुसार सिमेन्टको मुख्य बजार वीरगन्जदेखि झापासम्मका सबै बेल्ट र हेटौंडा, नारायणगढ लगायत वागमती अञ्चलका प्रमुख सहर तथा नगरहरूमा रहेको छ । 

गु्रपका निर्देशक सतीश चाचनका अनुसार विभिन्न डिलर र ट्रान्सपोर्टर मार्फत प्रोडक्ट प्लेसमेन्ट हुने गरेको छ । समूहको सम्पर्क वा शाखा कार्यालयहरू र डिलरहरू वितरणका लागि च्यानलहरू सक्रिय छन । बजारको माग पूरा गर्न समूहका सबै कारखाना पूणर् क्षमतामा सञ्चालन भइरहेका छन । उत्पादनहरू सिमेन्ट खण्डमा त्रिशक्ति र बज्रशक्ति जस्ता विभिन्न ब्रान्ड नामहरू अन्तर्गत बिक्री गरिन्छ भने अन्य वस्तुहरूको पनि आफ्नो बजार लक्ष्यमा पहिचान गरिएको आफ्नै ब्रान्ड मूल्य छ ।

 

यस समुहको प्रतबिद्धता

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को एक भागको रूपमा, समूहले वातावरण संरक्षण र आफ्नो इलाकालाई प्रदूषकहरूबाट मुक्त गर्न मुख्य महत्त्व दिँदै आएको छ । 

समूहका निर्देशक सतिश चाचन अनुसार समुह आफना ग्राहक र उनीहरूको संस्कृति र उनीहरूसँग सम्बन्धित समुदायको सम्मान गर्ने भएकाले गर्दा जब यो समुह समाजका विभिन्न सरोकारवालाहरूसँग कुराकानीलाई मध्येनजर गर्दै समुहका हरेक गतिविधिहरू बृद्धि गर्न तिनीहरूको प्रतिक्रिया समावेश अनिवार्य गर्दर्छ ताकि समुहले आफनो वरपर, गुणस्तर र हाम्रा गतिविधिहरूको प्रभावकारिता सुधार गर्न सक्दो सहज होअस । 

त्यसैगरी, कम्पनीले आफ्ना सबै कर्मचारीहरूका लागि सुरक्षित र सहज कार्य वातावरण सिर्जना गर्न आफूलाई समर्पित कर्पोरेट संस्कृतिको रूपमा आफ्नो पूणर् क्षमताको अनुभूति गर्न र पूरा गर्ने क्लियर रोडम्याप बनाउन सकोस ।

Post a Comment

0 Comments